काठमाडौं । कुमारी क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजना रकम बाँडफाँट भएको छ । प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईको १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्कासनमार्फत् ३५ करोड बराबरको तीन करोड ५० लाख इकाई चैत ९ देखि चैत २३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएकोमा १५ प्रतिशत विजपुँजीबापतको एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंकलाई बाँडफाँट गरिएको बताइएको छ ।
बाँकी सर्वसाधारण तथा संघ-संस्थाबाट प्राप्त आवेदकलाई बाँडफाँट गर्न बुधबार आहृवान गरिएको आवेदन दिने ३७ हजार चार सय ३४ जनामध्ये रितपूर्वक आवेदन दिने ३७ हजार चार सय १२ जना आवेदकलाई मागबमोजिम इकाई बाँडफाँट गरिएको र दोहोरो आवेदन दिने २२ जना आवेदकको आवेदन रद्द गरिएको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच