नयाँ वर्ष, संस्कृति र समृद्धि

केशवप्रसाद चौलागाई
Read Time = 16 mins

तनहुँ, बारा र चितवनको उपर्निवाचनको माहौलले राजनीतिलाई तरंगित तुल्याइरहेको अवस्थामा नयाँ वर्षको उल्लास तथा भक्तपुरको बिस्केट जात्राले नयाँ उत्साह थपेको छ । बाहृय राजनीतिको प्रभाव, आविष्कारहरू रहित समाज, वैदेशिक रोजगारीले धानेको अर्थनीति विकासवादीभन्दा चर्चावादी चरित्रका कारण नयाँ संवत्सर, जात्रा र सम्भावनाहरूको खोजीतर्फ विशेष पहल गरेको पाइन्न । ज्ञान र संस्कारहरूको अनुपम अभ्यासका साथै सर्वोच्च शिखर सगरमाथा, विश्वका हिन्दूहरूको आराध्यदेव पशुपतिनाथ, विश्वका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी, सम्पूर्ण भारतीयहरूको आस्था र आर्कषणको केन्द्र जनकपुर तथा मुक्तिनाथको समुचित पर्यटन सम्भावनामार्फत समृद्धिको मार्गचित्रप्रति अगाडि बढ्ने विषयमा गम्भीरता पाइन्न ।

सत्ताप्राप्तिमा मात्रै केन्द्रित राजनीतिक दल र सरकारको क्रियाकलापकाप्रति हुने जनविद्रोहले प्रतिगमनलाई त निम्त्याउने होइन ? भन्ने लक्षण देखिइँदैछ । आन्तरिक स्रोतले कर्मचारीहरूको तलब पनि खुआउन नसिकिने अवस्थामा नयाँ बजेटले कस्तो परिणाम ल्याउला ? सबैको चासोको विषय बनेको छ । गठबन्धनको कमजोर सरकार र गिर्दो अर्थव्यवस्थाका बीचमा सम्भावनालाई सफलतामा पुर्‍याउँदै राष्ट्रिय अखण्डतालाई अक्षुण्य बनाइराख्न निम्न प्रयास महात्वपूर्ण बन्ने छन् :

(क) राष्ट्रिय संकल्पतथा स्वराज्य र मेलमिलापः आन्तरिक र बाहृय दुवै क्षेत्रमा अस्थिर राजनीतिका कारण संशय र असहयोगको वातवरण भएकाले मुलुकको संकल्प र विश्वास जगाउन सही सिद्धान्त तथा मार्गचित्र स्पष्ट पार्नुपर्दछ । राष्ट्रिय एकता तथा सहकार्यलाई सम्बोधन गर्ने स्वराज्य र मेलमिलापलाई मार्गचित्रको रूपमा अगाडि बढाउँदा असहमतिका बीचमा सहकार्य र सहयोग प्राप्त गर्न सकी राष्ट्रिय मनोबल उच्च भइरहनेछ । औपनिवेशिक कालमा पनि मुलुकलाई स्वतन्त्र बनाइराख्न सफल रहेको नेपाली इतिहासले सही सिद्धान्त र व्यवहारमार्फत उच्चमनोबल बनाइराख्न सफल हुने हुँदा ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तलाई राष्ट्रियता र प्रजातन्त्रलाई सम्बोधन गर्ने सूत्रको रूपमा स्वीर्कानु पर्दछ ।

आध्यात्मिक सांस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवनयापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेको संस्कृतिलाई आत्मसात् गर्न नसक्दा समाजवाद अघि बढ्न सक्ला ? सर्वत्र छलफल भइरहेका विषय हुन् ।

राष्ट्रिय एकीकरणको नेतृत्व गरेको राजसंस्थाले राष्ट्रिय एकताको प्रतीकका रूपमा कार्य गरिरहेको विगतको इतिहासलाई राजसंस्थाको अभावमा सबैको स्वीकार्य ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तका आधारमा अगाडि बढाउन ढिलाइ गर्नुहुन्न । सदा स्वतन्त्र रहन यही स्वराज्यको भावनाले सम्भव भएको हुँदा स्वराज्य सबैले आफ्नो ढाक्ने सिद्धान्त हो । राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लैजान नसक्दा विभाजित भएको नेपाली राजनीतिलाई सही मार्गमा ल्याउन बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति ल्याउनु परेको थियो । राष्ट्रियता र मेलमिलापलाई सैद्धान्तिक हिसाबले प्रष्ट पारेको ‘स्वराज्य र मेलमिलाप’ सिद्धान्तमार्फत पुनः राष्ट्रिय एकीकरणको अभियानमा अगाडि बढ्नुको विकल्प छैन ।

संविधान र स्वीकार्यता : ठूलो राजनीतिक उथल-पुथलपश्चात निर्माण भएको सविंधान सुधारको पख्र्याइमा रहेको छ । हरेक राजनीतिक आन्दोलनपश्चात संविधान संशोधनभन्दा पनि संविधान नै फ्याक्ने प्रवृत्तिले प्रतिगमनतर्फ मुलुकलाई पुर्‍याउने हुँदा धर्मको विषयमा, नागरिकताको विषयमा, पहिचानको विषयमा आवश्यक संशोधन राष्ट्रिय बहसको विषय बनाउँदै शान्तिपूर्ण रूपान्तरण गरिनुपर्नेछ ।

संविधानलाई सबैको स्वीकार्य बनाउनुपर्नेछ । संस्कृति, स्वराज्य र समाजवाद : संविधानले नै समाजवादलाई स्वीकारेको अवस्थालाई मौलिक नेपाली परम्परा अनुरूप परिभाषा गर्दै दिगो बनाउन संस्कृति र स्वराज्यको सिद्धान्तले सहयोग गर्ने हुँदा सांस्कृतिक समाजवादको नयाँ अवधारण विश्वमा स्थापित गराउन सकिन्छ । तीन सय पैसठ्ठी दिन नै तिथिपर्व मनाइने नेपालमा सांस्कृतिक समाजवादको अभ्यास दैनिक रूपमा जनताहरूले अभ्यासमा ल्याइरहेका हुन् । ‘सम’ उपसर्ग र ‘कृ’ धातु मिलेर बनेको संस्कृति शब्दको अर्थ भूषणभूत सम्यक चेष्ठा छ । जुन चेष्ठाहरूद्वारा मनुष्य आफ्नो जीवनका समस्त क्षेत्रमा उन्नति गर्दै सुख-शान्ति प्राप्त गर्दछन् ।

ती चेष्ठाहरू नै मनुष्यका वैयक्तिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्रमा लौकिक-पारलौकिक अभ्यूदयको अनुकूल देहन्द्रिय, मन, बुद्धि, चित्ताङ्कारको चेष्ठा नै उसको भूषणभूत सभ्यक चेष्ठाया संस्कृति हो । एवं प्रकार मनुष्यको लौकिक-पारलौकिक सर्वोभ्यूदयको अनुकूल आचार-विचार नै संस्कृति हो । आध्यात्मिक सांस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवन यापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेको संस्कृतिलाई आत्मसात् गर्न नसक्दा समाजवाद अघि बढ्न सक्ला ? सर्वत्र छलफल भइरहेका विषय हुन् । हाम्रो संस्कृति के समाजवाद निर्माणको मार्गमा बाधक हुन् ? द्वन्द्वात्मक भौतिकवादमा आधारित कम्युनिष्ट सिद्धान्तले वर्ष दिनभरि नै तिथि-पर्वका आधारमा मनाइने संस्कृतिहरूप्रति उदासीनता वा उपेक्षा गर्नाले जनताको मन जित्न सक्लान् ? विविध प्रश्नहरू देखिन्छन् । बहुधार्मिक, बहुसांस्कृतिक स्वरूपको नेपाल सांस्कृतिक पर्यटनको माध्यमले समृद्धिमा पुग्न सक्ने हुनाले त्यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । खुला संग्रहालयका रूपमा रहेको नेपाल आज पनि विदेशी पर्यटकहरूका लागि आर्कषणको केन्द्र रहेकाले दैनिक अवलोकनस्थल बनेको छ ।

पशुपतिनाथ र विश्वव्यवस्था : आस्थाका आधारमा विश्वका हिन्दूहरू पशुपतिनाथको दर्शनमा आउने भए तापनि नयाँ विश्व व्यावस्थाको प्रेरक तथा आधार स्थलका रूपमा प्रचार र व्यावस्थापन गर्न सक्दा वार्षिक पचास लाख धार्मिक पर्यटकहरूलाई नेपाल भित्र्याउन सकिन्छ ।

संस्कृति र सम्पदाहरूलाई पर्यटनको स्रोतका रूपमा प्रचारप्रसार तथा व्यावस्थापन गर्न सक्दा संविधानले परिकल्पना गरेको समाजवादका साथै आर्थिक समृद्धि पनि ल्याउने हुँदा ठोस कार्यक्रम अगाडि बढाउनुपर्दछ । धार्मिक सांस्कृतिक पर्यटनको प्रवद्र्धनको उद्देश्यले नेपाल-भारत चेम्बर अर्फ कमर्सद्वारा नेपाल र भारतका प्रमुख तीर्थस्थलहरूको सचित्र पुस्तक प्रकाशन गर्नुका साथै छलफललाई अगाडि बढाएको पाइएको छ । एक अर्ब पच्चीस करोडभन्दा माथि रहेको भारतीय जनतालाई नेपाल भित्र्याउन सक्दामात्रै पनि नेपालको पर्यटनको विकास सम्भव हुन सक्छ । गैरसरकारी क्षेत्रको प्रयासमा सरकारी सहयोगले भारत-चीन तथा विश्वका पर्यटकहरू नेपाल भ्रमणका लागि उत्साहित हुँदै मुलुकको अर्थतन्त्र मजबुत हुने हुँदा निम्न भ्रमण पथको पनि विकासमा सरकारले सहयोग गर्नुपर्ने छ ।

(१) मुक्तिनाथ-कन्याकुमारी-द्वारिका-बद्रिनाथ सांस्कृतिक पर्यटन परियोजनाः मुक्तिनाथ नेपालदेखि कन्याकुमारी-द्वारिका-बद्रीनाथसम्मको पदयात्रा दुई चरणमा हामीले सम्पन्न गरेपश्चात यस क्षेत्रलाई पर्यटन परियोजनाको रूपमा अगाडि बढाउन सक्दा वार्षिक कम्तीमा एक करोड भारतीय पर्यटकलाई भित्र्याउन सकिन्छ ।

(२) पशुपतिनाथ र विश्वव्यवस्था : आस्थाका आधारमा विश्वका हिन्दूहरू पशुपतिनाथको दर्शनमा आउने भए तापनि नयाँ विश्व व्यावस्थाको प्रेरक तथा आधार स्थलका रूपमा प्रचार र व्यावस्थापन गर्न सक्दा वार्षिक पचास लाख धार्मिक पर्यटकलाई नेपाल भित्र्याउन सकिन्छ ।

(३) ललितपुर : सृष्टि, सम्पदा र ज्ञानको विश्व केन्द्र : ललितपुर महानगरपालिकाभित्र रहेका प्रसिद्ध कृष्णमन्दिर, नृसिंह भगवान, चार नारायण, गणेश, हिरण्यवर्ण महाविहार, अशोक स्तुपा, दशमहाविद्या, मच्छेन्द्रनाच, दरबार क्षेत्र तथा संग्रहालय, कर्तिकनाथचर्या नृत्य, नृसिहं जात्रा, काष्टकला, थांका, मूर्तिकलाको अवलोकनका लागि वार्षिक पचास लाख पर्यटक भित्र्याउन सकिन्छ । महालक्ष्मी नगरपालिकास्थित सम्पदाहरूको कारण एशियाली सभ्यता सम्वादको केन्द्र बन्न सक्नेछ । त्रेतायुगका ऋषि शृंगीको आश्रम, लुभूदेवीस्थान तथा महालक्ष्मी मन्दिर, गोभ्रोटेश्वर मन्दिरहरूका कारण सभ्यता सम्वादको महत्वपूर्ण केन्द्र बन्ने देखिन्छ ।

लुभू महालक्ष्मी इतिहास र साधना, महालक्ष्मी नगरपालिका सम्पदा र सभ्यता बोझेपोखरी (इबिदह), नागदेवता, सिद्धस्थल, सत्यदेवी मन्दिर र साधना विषयक जानकारीमूलक लेखहरूले महालक्ष्मी नगरपालिकाको सांस्कृतिक महत्व बुझाउन सहयोग पुर्‍याएका छन् । निम्न पुस्तकहरूले पनि महालक्ष्मी नगरसालिकास्थित सम्पदा र संस्कृतिको जानकारी गराउँछन् ।

  • लुभूको ऐतिहासिक महत्व र लुभू कसरी हुनपुग्यो ? चन्द्र ब.गुभाजु ।
  • शृङ्की आश्रमको परिचय-लेखक जगन्नाथ घिमिरे
  • लुँभुया अभिलेख मुना-लेखक ओमकारेश्वर श्रेष्ठ तथा राजनलाल जोशी (रास)
  • निर्मल कृषि सहकारी संस्था-सिद्धिपुरको परिचय झल्कने लेखहरू
  • लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था- लुभूको जानकारी
  • देवमाला वंशावली-डा.कर्ण ब.थापा (योगी सिंह नाथ)
  • श्री महालक्ष्मी माध्यमिक विद्यालय-स्मारिका २०७६-लुभुको इतिहासः शास्त्र र साधना, (केशवप्रसाद चौलागाई) उपरोक्त लेखन, प्रकाशन तथा वृत्तचित्रका आधारमा लुभू महालक्ष्मी र भारतको मुम्बईस्थित महालक्ष्मीलाई पर्यटन सर्किटका रूपमा विकास गर्दा वार्षिक २० लाख भारतीय पर्यटकहरूलाई महालक्ष्मी नगरपालिकामा भ्रमण गराउन सकिन्छ । महालक्ष्मी न.पा.मा निर्माण भएको अन्तर्राष्ट्रिय धार्मिक संग्रहालयमार्फत पनि गुजरातलगायत धेरै प्रान्तबाट पर्यटक भित्र्याउन सकिन्छ ।

ड्ड चीनले सन् २०१९ मा युनेस्कोसँगको सहकार्यमा आयोजना गरेको एशियाली सभ्यता सम्वादझैँ महालक्ष्मी नगरपालिकाले पनि नयाँ विश्वव्यावस्थाको सांस्कृतिक आधारको निर्माण गर्न सक्नेछ । तीन सय पैसठी दिन नै सम्पदा र संस्कृतिको आधारमा महोत्सवको आयोजना गरी आर्थिक समृद्धिका साथै विश्वलाई नै सभ्य बनाउने अभियानको थालनी गर्न सक्ने देखिन्छ । फगत राजनीतिक चर्चाभन्दा समृद्धि र सभ्यताको आधारशीलामा सबैको ध्यान केन्द्रित हुनेछ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Sujata Bhattarai
Sujata Bhattarai
2023-04-17 11:51 am

1000% Right

रिलेटेड न्युज

छुटाउनुभयो कि ?