आजबाट सूर्य नेपाल एनपिजीए टुर हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ । गोकर्ण गल्फ क्लबमा चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने सूर्य नेपालले जनाएको छ ।

३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता हुने प्रतियोगिताको सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् ।

प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ, रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ लगायतले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?