उदयपुरको कटारीबाट ठुलो परिमाण अवैध चिरान काठ बरामद

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ बाट प्रहरीले अवैध काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीले अवैध काठ लुकाईएको शंका लागी चेकजाँच गर्दा विभिन्न जातका ५ सय १४ थान काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय त्रिवेणीको अनुमति नलिई स्थानीय सदाबहार सामुदायिक वन उपभोक्ता समूहको जंगलमा ४८ वटा सखुवाका रुख काटेको पत्ता लागिरहेकै बेला कटारीमै अर्को ठाउँमा शुक्रबार ठुलो परिमाणको चिरान काठ बरामद भएको हो ।

कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार कटारी , ४ स्थित सौर्य सिमेन्टको चुनढुंगा संकलन गरिएको क्षेत्र नजिकै निर्माणाधिन भिलेज रिसोर्ट आसपासबाट काठ बरामद गरिएको हो । डिभिजन बन कार्यालयका अनुसार बरामद भएका काठ जम्मा २सय १२ दशमलव ५ क्युफिट रहेको छ ।

बरामद काठमा सल्ला जातको कडी (बटम) १ सय ९१ थान, कर्मा जातको पटाहा ८६ थान र साज जातको पटाहा २ सय ३७ थान बरामद भएको छ। सल्लाको कडी १ सय ३१.२४ क्युविक फिट, कर्माको पटाहा २१.५० क्युविक फिट र साजको पटाहा ५९.२५ क्युविक फिट परिमाणको काठ बरामद भएको छ ।

काठ बरामद भएपछी थप अनुसन्धान सुरु गरिएको बताउँदै डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध कुमार साहले पहिलो चरणमा कानुन बमोजिम ७ दिने हकदावीको सुचना जारी गर्ने बताउनुभयो । सुचनामा कसैले प्रमाणसहित काठको दावी गर्न नआए थप अनुसन्धान अघि बढाउने पनि साहले बताउनुभयो ।

कसले किन कुन उद्देश्यले त्यहाँ काठ राखेको भन्ने केही नखुलेको डिभिजन सहायक वन अधिकृत भोगेन्द्र मण्डलले बताउनुभयाे । घट्नाबारे प्रहरी र डिभिजन वन कार्यालयले अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउने मण्डलले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?