ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोटमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

सोमवार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको हो । अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा जानुभएको हो ।

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, काँग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुग्नुभएको छ ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । आईतवार बिहान सभामुखले बालकोटमा बैठक बोलाएपनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?