शहीद स्मारक लिगमा आज तीनवटा खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछ।

दशौं चरणको खेलको दोस्रो दिनमा ६ वटा क्लबसहित तीनवटा खेल हुन लागेको हो ।

एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जारी लिगमा १३ अंकसहित मच्छिन्द्र तालिकाको आठौँ स्थानमा छ भने ११ अंक जोडेको एपीएफ नवौँ स्थानमा छ। दुवै टिम चौथो जीतको खोजीमा हुनेछन् ।

दशरथ रंगशालामै साँझ ६ बजे हुने खेलमा फ्रेण्ड्स क्लब र संकटा क्लब भिडने छन्।

जारी लिगमा १५ अंक जोडेर संकटा भने तालिकाको सातौँ स्थानमा छ भने ९ खेलबाट ८ अंक बटुलेर फ्रेण्ड्स पुच्छारबाट दोस्रो स्थानमा छ ।

उता, अर्को खेल भने लतिपुरको च्यासल मैदानमा ३ बजेवाट सुरु हुनेछ । जुन खेलमा जावलाखेल र नेपाल पुलिस क्लब भिड्ने छन्।

जारी लिगमा ९ खेलबाट १७ अंक जोडेको जावलाखेल तालिकाको शीर्ष स्थानमा छ भने समान ९ खेलबाट ५ अंक मात्रै जोडेको पुलिस भने पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?