सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक केही बेर अघि सुरु भएको हो ।

सोमबार ओली निवास बालकोटमा सभामुख देवराज घिमिरेसहित बसेको बेठकमा शीर्ष तीन दलका नेताहरु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानन्यायाधीश नियुक्तीका लागि संवैधानिक परिषदको बैठक बस्न सहमति भएको थियो ।

१४ महिनादेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको भरमा छ। महाभियोग लागेर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुन्छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य हुनुहुन्छ। जारी संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?