बारा । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो ।
मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा बन्द गरिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डले जानकारी दिनुभयो।
उहाँले भन्नुभयाे, ‘चुनावको समयमा मदिरा बिक्रि बितरण तथा सेवनले बिभिन्न किसिमका झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले मदिरा बिक्रि बितरणको कार्य बन्द गरेका हौ ।’
त्यस्तै मदिरा बिक्री वितरण गरेमा वा मदिरा खायर कसैले र्सावजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच