तस्बिरमा हेर्नुहाेस् मातातीर्थ औशीको राैनक (फोटोफिचर)

सुरेन्द्र थापा
Read Time = 4 mins

काठमाडौं । नेपालमा आजको दिन (मातातिर्थ औशी) अर्थात् आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्मदिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जाने गर्दछन् । छाराछोरीले आजको लिन मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् ।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?