बसकाे ठक्करबाट एकजनाको मृत्यु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । बुटवलको तामनगरस्थित रम्बादेवी कलेजको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार सैनामैना नगरपालिका-१ बनकट्टास्थित सडकमा लु १ क १३८५नम्बरको रम्वादेवी कलेजको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका १ सुन्दरपथ बस्ने ७५ वर्षीय बाबुराम अर्याल गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?