सिद्धार्थ र सुस्मितालाई स्वर्ण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । सुनसरीका सिद्धार्थ तामाङ र एससिटिटिएकी सुस्मिता खड्काले दोस्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । यू-१५ सिंगल्सको ब्वाइजमा सिद्धार्थ तथा गल्र्समा सुस्मिताले स्वर्ण जित्नुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा सिद्धार्थले बिटिटिएका सौरभ खड्कालाई ११-६, १६-१४ र ११-८ को सोझो सेटमा पराजित गर्नुभयो । एभिएमका एरिश शाक्यले जिपिपिएसका आर्यन शाहीलाई तीन-दुईले हराउँदै तेस्रो हुनुभयो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुस्मिताले नेपाल प्रहरीकी शुभश्री श्रेष्ठलाई सिधा सेटमा ११-९, ११-२ र १४-१२ ले पाखा लगाउनुभयो । प्रभातकी करिना सुवालले सुनसरीकी सुलेखाकुमार ठाकुरलाई ३-२ ले पन्छ्याउँदै तेस्रो बन्नुभयो ।

यू-१९ ब्वाइज सिंगल्समा एभिएमका सुजन गडाल र केभिपिपिसीका विशाल गोले फाइनलमा प्रवेश गर्नुभएको छ । सो स्पर्धाको गल्र्समा एभिएमका इभाना थापा मगर तथा वियंका राई स्वर्णका लागि खेल्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?