दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन

Read Time = 1 min

सोल । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उहाँको निधन भएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुनबिन गायकमात्र नभएर अभिनेता, नर्तक र मोडेल पनि हुनुहुन्थ्यो ।

दक्षिण कोरियाली प्रहरीका अनुसार मुनबिन बुधबार राति आफ्नो अपार्टमेन्टमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँका म्यानेजरले उहाँलाई अचेत अवस्थामा भेटेको प्रहरीले बताएको छ ।

मुनबिन दक्षिण कोरियाली बोय ब्यान्ड एस्ट्रोको सदस्य हुनुहुन्थ्यो । मुनबिन बाल्यकालमा फन्टियागोको प्रशिक्षार्थी कार्यक्रममा सामेल भएर एस्ट्रोको ब्यान्डको एक हिस्सा हुनुभएको थियो । यो समूहमा ६ जना सदस्य थिए तर, यीमध्ये एक सदस्यले यसै वर्षको फेब्रुवरीमै ब्यान्ड छोडेका थिए । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?