ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन

Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठको निधन भएको छ । करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारका लागि भर्ना हुनुभएका राजकृष्णलाई थप परीक्षण र उपचारका लागि वीर अस्पताल सारिएको थियो ।

स्वास्थ्य परीक्षणको क्रममा उहाँमा जण्डिस देखिएपछि अस्पताल मै उपचाररत हुनुहुन्थ्यो । उपचारको क्रममा स्वास्थ्य सुधार भइरहेको मा अचानक बुधबार श्वासप्रश्वासमा थप समस्या देखिएको र बिहीबार बिहान आकस्मिक रूपमा उहाँको निधन भएको हो ।

करिब चार दशकअगाडि नेपाली चलचित्रमा ध्वनि प्राविधिक रुपमा आफ्नो चलचित्र यात्रा सुरु गर्नुभएका श्रेष्ठले ‘तृष्णा’, ‘देउकी’, ‘प्रेयसी’, ‘विद्रोह’, ‘वीर गणेशमान’लगायतका एक सयभन्दा बढी संख्याका नेपाली चलचित्रका साथै विश्व प्रसिद्ध चिनिया सिरियल ‘पश्चिमतिरको यात्रा’, ‘ब्रुसलीको कथा’ र ‘सुयान चाङ्ग’ नामक चिनिया चलचित्रको नेपाली संस्करणको ध्वनि प्राविधिक रूपमा काम गर्नुभएको छ । उहाँका श्रीमती र विवाहित छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?