ट्वीटरले हटायो भेरिफाइड एकाउन्टबाट ब्लु टिक, अब निश्चित शुल्क तिर्नुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ । बिहीबार मध्यरातिदेखि लागू हुने गरी ब्लू टिक हटाएको हो ।

कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक हटेको छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हट्ने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकार लगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरूको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्वीटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहीबार रातिबाट पनि सबैजसोको हटेको छ ।

नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?