टोकियोको हानेदा विमानस्थलमा दुईवटा विमान एकआपसमा ठोक्किए

हिमालय टाइम्स
Read Time = 1 min

टोकियो । टोकियोको हानेदा विमानस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।

जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ : ०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्। ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।
विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ ।

विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?