श्रीलंकाले एक लाख बाँदर चीन निकासी गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

कोलम्बो । श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपंक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सबन्धी आवश्यक कानुन संसोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति हुदाँ किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बादर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन ।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?