सुनको भाउ बढ्यो

Read Time = 1 min

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यसअघि बिहीबार प्रतितोला ५०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको । शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?