घुम्ती शिबिरमार्फत टोलमै भत्ता बितरण र परिचयपत्र नविकरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकहरुलाई घण्टौसम्म हिडेर नजिकको बैक पुग्नु पर्ने बाध्यता हटेको छ । सामाजिक सुरक्षा भत्ता लिन र परिचय पत्र नविकरणको ब्यवस्था वडातहबाट नै हुने भएपछि ज्येष्ठ नागरिकहरुमा सो समस्या हटेको हो ।

गाउँपालिका तथा नगरपालिकाहरुले नजिकको बैकसँगको समन्वयमा वडा तहबाट नै भत्ता बितरण र नविकरणको ब्यवस्था मिलाएपछि लक्षित बर्गहरुलाई राहत मिलेको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ३, भुल्केका वडाध्यक्ष रामु थापा मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालिकाले नागरिकको सहजताका लागि सम्वन्धित वडाहरुबाट नै भत्ता बितरण तथा नविकरण हुने ब्यवस्था मिलाएपछि बैकसँग पुग्नु पर्ने झन्झट पनि हटेको छ ।’

गाउँपालिका अध्यक्ष थामबहादुर राई सहितको उपस्थितीमा वडाले एनआईसि एशिया बैंकको समन्वयमा एक सय ५५ जना लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण र नविकरण सहित जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण समेत गराएको वडाध्यक्ष थापा मगरले बताउनुभयो । रामप्रसाद राई गाउँपालिकाले श्रावण ११ गतेसम्म वडातहमा सामाजिक सुरक्षा भत्ता वितरण र नविकरणको कार्य गर्ने छ ।

भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिमले जिल्ला बाहिर रहेका आफना नागरिकको सहजताका लागि परिचय नविकरणको ब्यवस्था मिलाएको छ । वडाअध्यक्ष फबिन्द्र प्रधानले सामाजिक सुरक्षा भत्ता नविकरण लागि अहिले काडमाण्डौमा रहेका नागरिकको फर्म समेत भराउँदै हुनुहुन्छ । वडाध्यक्ष प्रधानले भन्नुभयो, ‘वडाले दिने सेवाबाट कोही पनि बञ्चित हुन नदिन मैले आफु खटेर काठमाण्डौमा समेत नविकरण सम्वन्धी कार्य गराई रहेको छु ।’

बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि पालिकाहरुले बैंकसँगको समन्वयमा वडा-वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।

भोजपुरको पुर्बी अरुण गाउँपालिकाले पनि वडा तहमा सामाजिक सुरक्षा भत्ता घुम्ती शिविर मार्फत बितरण गर्न सुरु गरेको छ । चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट बितरण गरेको पालिका-५, याकुका वडाध्यक्ष युवराज ढकालले बताउनुभयो । वडाध्यक्ष ढकालका अनुसार गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको प्रभु बैक लिमिटडको समन्वयमा एक सय ४० जनालाई वडामै सामाजिक सुरक्षा भत्ता बिवरण गरिएको छ ।

भत्ता वितरणसँगै अरुण गाउँपालिकले आ व २०८०/०८१ का लागि नविकरणको कार्य समेत सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताउनुभयो । वडामा तहमा संचालन हुने घुम्ती शिविरहरु प्रभावकारी देखिएको उपाध्यक्ष ढकालको भनाइ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?