बुधबार बरामद सुन जोख्नका लागि टक्सार पुर्‍याइयो (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बुधबार हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिएर सिनामंगलबाट पक्राउ परेको छ ।

कडा सुरक्षाकाबीच राजश्व अनुसन्धान विभागको टोलीले उक्त सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ । विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । आठ वटा बाकसमा रहेको उक्त सुनलाई महाशाखामा जोखिनेछ ।

यसैबीच भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?