जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीको प्रयास असफल भएको बताउनु भएको छ ।

धर्म, जात-जाती, मधेश, पहाडको नाममा माओवादीले द्वन्द्व सिर्जना गर्न खोजेको र त्यस्लाई नसकेपछी पछाडी हटेको सचिव भट्टराईको तर्क छ । सबै जाती, धर्म, भूगोलको वर्गीय विभेदलाई अन्त्य गरी समान अधिकार दिलाउन नेकपा एमालेले मात्र सक्ने दावी गर्दै उहाँले कम्युनिष्ट पार्टीको मूल नेतृत्व नै  एमाले भएको बताउनु भयो ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्लासत्रमा बोल्दै सचिव भट्टराईले पुँजीवादी, दलाल र नोकरसाहीहरुसँग प्रतिस्पर्धा गर्न एमाले मात्र एक्लो शक्ति रहेको दाबी गर्दै माओवादी र एकीकृत समाजवादी बेकामे भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नभयो, 'समाजवादको यात्रा एमालेले तय गरेको छ । माओवादी र समाजवादी त सत्ता टिकाउन कांग्रेससँग मिल्नुले नै  समाजवादको लक्ष्य उनीहरुसगँ छैन भन्ने प्रमाणित हुन्छ ।'

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?