मानव पुस्तकालयको एघारौं श्रृंखला सम्पन्न

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मानव पुस्तकालयको एघारौं शृंखला शनिबार सम्पन्न भएको छ । काठमाडौं सुकेधारा धोबीखोला किनारस्थित नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा सम्पन्न कार्यक्रमको उक्त शृंखलामा डा.शास्त्रदत्त पन्त तथा प्राडा.खेम कोइराला ‘बन्धु’ मानव पुस्तककालयको रूपमा प्रस्तुत हुनुभएको थियो ।

मानव पनि एउटा पुस्तक वा पुस्तकालय नै हो भन्ने अभिप्रायले प्रत्येक महिनाको दोस्रो शनिबार प्रस्तुत हुँदै आएको उक्त कार्यक्रमको यस शृंखलामा मानव पुस्तकालयद्वयले आ-आफ्ना जीवनका विभिन्न समावसेवा, सरकारी सेवाका कार्यहरू तथा आ-आफूले हासिल गरेका अनुभवहरू सुनाउनुभएको थियो ।

कलानिधि दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यको सभापतित्व नव-पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तले गर्नुभएको थियो भने प्रमुख अथिति मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देल ‘महेश’ले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?