सिटिजन्स र अल्फा हेल्थ केयरबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टरमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले १८२ शाखा, १३९ एटिएम, तीन एक्स्टेन्सन काउन्टर र ९७ शाखारहित बैंकिङमार्फत् १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?