शहीद लीला-यशोदा दाहाल स्मृति प्रतिष्ठानको साधारणसभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शहीद लीला-यशोदा दाहाल स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं कपन-फैकामा सम्पन्न उक्त कार्यक्रममा पञ्चायती व्यवस्थाको विरोधमा लागेका कारण ओखलढुंगाका लीलानाथ दाहाललगायतका केही व्यक्तिहरूको हत्या गरिएको थियो । ललितपुर नखु विष्णोदेवी मन्दिरनेरको ओरालोमा २०३१ साल असोज १३ गते उहाँलगायत ठगिराज दाहाल, खगेन्द्रप्रसाद दाहाल र गोकर्णबहादुर कार्कीहरूको गोली प्रहार गरी हत्या गरिएको थियो ।

शहीद लीलानाथ दाहालका सुपुत्र बालकृष्ण दाहालको प्रयासमा स्थापित ‘शहीद लीला-यशोदा दाहाल स्मृति प्रतिष्ठान’को शनिबार संयुक्त रूपमा १०औं तथा ११औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो । शहीद लीलानाथ दाहालका सुपुत्र तथा उक्त प्रतिष्ठानका अध्यक्ष बालकृष्णको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वयोवृद्ध मोहनकुमारी दाहाल रहनुभएको थियो ।

संस्थाका उपसभापति शम्भुप्रसाद निरौलाको स्वागत मन्तव्य तथा महासचिव दुर्गाप्रसाद भट्टराईको उद्घोषण रहेको कार्यक्रममा प्रमुख अतिथि मोहनकुमारी दाहाल, सभापति बालकृष्ण दाहाललगायतका अन्य अतिथिहरूबाट समेत शहीद लीला तथा उहाँकी धर्मपत्नी तथा प्रजातन्त्र सेनानी स्वर्गीय यशोदा दाहालको तस्वीरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक मोहनकुमारी दाहाल तथा सञ्चारकर्मीद्वय नवीन दाहाल र कमल फुँयालकालाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा समाजसेवी खिलनाथ अधिकारी, अर्थविद् रेवतबहादुर कार्की, राजनीतिज्ञ राजकुमार ढुंगाना, शहीद पेशलकुमार दाहालका भाइ चूडा दाहाल, समाजसेवी रुवयनाथ कोइराला, सम्माानित व्यक्तित्वद्वय नवीन दाहाल र कमल फुँयालले आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानको नयाँ कार्यसमितिको चयन भएको घोषणा पनि गरिएको थियो । जसअनुसार बालकृष्ण दाहाल, शम्भुप्रसाद निरौला, रोहित दाहाल, गीतकुमारी पौडेल (दाहाल), तुलसीराम लुइटेल क्रमशः अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्ष छनोट हुनुभएको थियो । उक्त कार्यसमितिका सदस्यहरूमा रुवयनाथ कोइराला, विश्वराज कोइराला, राजेन्द्रप्रसाद निरौला, कमलादेवी भट्टराई (दाहाल) साधना भट्टराई (दाहाल), डा. राजेशराज भट्टराई, गंगादेवी भट्टराई (दाहाल), लक्ष्मी दाहाल (नेपाल), लक्ष्मी खतिवडा (भट्टराई) र सुशीला घिमिरे (दाहाल) रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?