सदस्य-सचिव घिसिङद्वारा जुम्ला कभर्डहल उद्घाटन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद् परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच जुम्ला कभर्डहलको उद्घाटन गर्नुभएको छ । जुम्ला चन्दननाथ नगरपालिका ४ स्थित सिंघाचौरमा निर्माण हुने ३०० दर्शक क्षमताको कभर्डहलको अनुमानित लागत एक करोड ७१ लाख रहेको छ ।

कभर्डहलको उद्घाटन गर्दै सदस्य-सचिव घिसिङले कभर्डहल निर्माणले दुर्गम जिल्लामा आगामी दिनमा उच्चस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?