मेरो अटो मोटर र्‍यालीको तेस्रो संस्करण शुक्रबार

Read Time = 2 mins

काठमाडौं । मेरो अटो मोटर र्‍यालीको तेस्रो संस्करण शुक्रबार र शनिबार काठमाडांैमा आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्‍याली यस वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने आयोजकले जनाएको छ । मेरो अटो डटकमले आयोजना गर्दै आएको मोटर र्‍याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने अपेक्षा गरिएको छ । आयोजकका अनुसार र्‍याली भव्य बनाउन विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र सयभन्दा धेरै सहभागी रहनेछन् । र्‍यालीको ‘इन एसोसिएसन विथ’ लक्ष्मी हुण्डाई र बिवाइडी रहेका छन् ।

अटोमोटिभ्स प्रालिका निर्देशक उज्ज्वल घिमिरेले भन्नुभयो, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर र्‍यालीको तयारी गरेका छौँ ।’ नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरबार बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । र्‍याली प्रायोजकमा एमजी, सिप्रदी, भीडब्लू, ग्लोबल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स रहेका छन् भने बैंकिङ पार्टनर सिटिजन्स, वेभरेज पार्टनर हिमालयन ब्रुअरी, ल्युब पार्टनर नेपाल ल्युब आयल र इन्टरनेट पार्टनर डिसहोम फाइबर नेट रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?