कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको उत्कृष्ट प्रदर्शन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कतारविरुद्ध नेपालले जित हासिल गरेकाे छ ।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका हासिल गरेकाे हाे । कतारले २५.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८९ रनमा सीमित हुन पुग्यो ।

बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । योसँगै नेपाल समूह विजेतको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले ४ खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्नेको हो । अब नेपालले समूह ’बी’ को उपविजेतासँग आगामी शनिबार सेमिफाइनलमा खेल्नेछ।

बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कतारलाई १५८ रनको चुनौती दिएको थियो । उक्त रनको चुनौती लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अलआउट भयो ।

नेपालको जितमा सन्दीप लामिछानेले पाँच विकेट लिएका थिए भने सर्वाधिक नटआउट ४२ रन जोडे । उनी बलिङ र ब्याटिङ दुवैमा चम्किए  । ललित राजवंशीले २ र सोमपाल कामीले ३ विकेट लिएका थिए ।

एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?