एमाले पार्टी कार्यालयमा कमल थापाले माओवादी नेतालाई स्वागत गरेपछि

Read Time = 2 mins

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ।

मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गर्नुभयो ।

एमालेको सुर्य चिन्हबाट पहिलो पटक उम्मेदवार हुनुभएको थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै १० मिनेट खर्चिएका थापाले  ओली सरकारमा हुदाँ पराराष्ट्र मन्त्रीको हैसियतमा चीनसँग नाका खोल्ने देखी अन्य बिषयमा देश र जनताको पक्षमा काम गरेको पनि स्मरण गरेका थिए ।
थापा मकवानपुर–१ वाट सुर्य चिन्ह लिएर उम्मेदवार हुनुहुन्छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?