चितवन-२ का मतदातालाई एमाले उम्मेद्‍वारले दिए धन्यवाद

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चितवन–२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद‍्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिनुभएको छ ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गर्नुभएको हो ।

न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिनुभएको छ ।

उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्णप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।

न्यौपानेले निर्वाचनका क्रममा आफ्नो पार्टीले मतदाता समक्ष गरेका विभिन्न प्रतिवद्धता पूरा गर्नका लागि राज्यका निकायहरुको ध्यानाकर्षण गरेर चितवनको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्दै सदैव क्रियाशिल रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?