प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गर्नुभयो : एमाले उपमहासचिव रिमाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढीरहेको भन्दै अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वयं संरक्षक बनेको बताउनु भयो ।

उहाँले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मुकदर्शक बनेको बताउनु भयो । उहाँले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैँ मनोमानी बढ्ने बताउनु भयो । उहाँले समाज एक ढंगले अराजकता जाने स्थितिमा जान खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अध्यक्ष कमरेड केपी शर्मा ओली र उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ कार्यक्रममा सहभागी हुन जानुभएको थियो । झापा पुग्दा उहाँहरुमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन । सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ता रहेको थाहा पाएपछि हामीलाई गम्भीर बनायो । इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो । तेह्रथुममा जाँदा पनि देउडी भन्ने ठाउँमा कालोझण्डा देखियो । यसमा कुनै चिन्ता छैन तर ठूलो दल र शीर्ष नेतालाई अवरोह सिर्जना गर्ने र एमालेको राम्रो पकड भएको ठाउँमा एमाले नेतामाथि आक्रमण गर्ने र राज्यबाट संरक्षित हुने कामलाई गम्भीर बनाएको छ । एउटा नेताको विपक्षमा केही मानिसलाई मन नपरेर उठाइएको विषय नभएर कसरी आतंक सिर्जना गर्न सकिन्छ, अस्थिरता कसरी सिर्जना गर्न सकिन्छ, कसरी अस्थिरतामा खेल्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौँ । यसलाई समयमा नै सचेततापूर्वक नसोच्ने हो भने यसले पहिला जस्तो कसैले कसैलाई नियन्त्रण गर्न नसक्ने जस्तो, जसले जे गरेपनि हुनेजस्तो र समाज एक ढंगले अराजकता जाने स्थितिमा जान खोजेको जस्तो देखिएको छ । विकासमा गइरहेको समाज ब्याक हुने देखियो । अस्थिरताको कारक साथीहरु नै बनिरहनुभएको छ ।’

उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?