सानिमाद्वारा १० लाख बीमा दाबी भुक्तानी

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाल उदयकुमार साहको दुर्घटनामा मृत्यु भएकाले हकवाला श्रीमती आशा कुमारीलाई उक्त दुर्घटना बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेशसिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय उदयकुमार साहले सानिमा बैंकको पटेर्वा सुगौली शाखामा खाता खोल्नुभएको थियो ।

सानिमा बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाखसम्मको छ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्म औषधि उपचार बीमा, २५ हजारको आवधिक जीवन बीमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?