अपराधी सजाय मिनाहाबारे अध्यक्ष ओली : बुढेसकालमा पद पाएकाले राष्ट्रपति सरकारप्रति कृतज्ञ हुनुहुन्छ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उहाँको भनाई थियो ।

शुक्रवार पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको दोहो¥याउनु भयो । फागुन १ गते माओवादी विद्रोहको शुरु भएको दिनलाई सार्वजनिक विदा दिने सरकारको निर्णय स्मरण गराउँदै उहाँले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने उल्टो बाटो लिएको बताउनु भयो । अध्यक्ष ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ । ‘हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ । अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि । मैले त्यसबेला यो नगर्नुस् भने । तर उहाँहरुको साँठगाँठ अर्कातिर भईसकेको हुनाले प्रचण्डजीले मलाइ जवाफ दिनुभयो–शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ । म यो गर्छु । उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो । नगर्नुस् भन्ने मेरो कुरो हो । म फेरििपनि नगर्नुस् भन्छु । जसले गरेपनि । तपाई यो शान्ति प्रक्रिया टुंगोमा पु¥याउन खोज्दै हुनुहुन्छ । हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर । तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ । हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ । र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ । यो कुरा गर्नु हुन्छ । हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र ? एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ? थिएन । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ । अपराधी जेलमा बस्नु पर्दैन । प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ । प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ । एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ । दवाव दिएर चलायो भने फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नु हुन्छ । अब यो स्थितिमा अब राज्यको यो ग्रयाजुएशन, विकास, गरिवी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन ।’

अध्यक्ष ओलीले सरकारले अपराध कर्ममा लागेकाहरुको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?