ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिमा दोहोरिए आचार्य

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति खोटाङको अध्यक्षमा कृष्णप्रसाद आचार्य दोहोरिनुभएकाे छ ।

शनिबार कांग्रेस पार्टी कार्यालय दिक्तेलमा भएको सातौ जिल्ला अधिवेशनबाट आचार्य पुनः अर्को चार वर्षे कार्यकाललाई दोहोरिनुभएकाे हाे ।
आचार्य अध्यक्ष भएको समितिको खुल्ला उपाध्यक्षमा रमेश थापा, महिला उपाध्यक्षमा उर्मिला आचार्य, सेवाक्षेत्रबाट चिसाङ शेर्पा, अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट श्याम पौडेल निर्वाचित हुनुभयाे ।

सचिवमा विवेक पराजुली, सह–सचिवमा रमेश कुमार खत्री र योगराज लुईटेल तथा कोषाध्यक्षमा प्रमोज घिमिरे, सह–कोषाध्यक्ष(महिला)मा ईश्वरा पाण्डे  ढकाल चयन हुनुभयाे ।

खुल्ला सदस्यहरुमा ओम प्रकाश आचार्य, अशोक कुमार शाह, पेशल राई, भुपाल राई, रवि खड्का, महिला सदस्यहरुमा चन्द्रकला आचार्य, देविका राई, सृजना वुढाथोकी रिजाल हुनुहुन्छ । अधिवेशनले मधुकला राईलाई महिला संयोजक र पोषराज कार्कीलाई युवा संयोजक तोकेको छ ।
अधिवेशनले भोला दाहाल र खेमराज आचार्यलाई प्रदेश महाधिवेशन प्रतिनिधि तथा प्रकाश घिमिरेलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि तोकेको छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा शिक्षक संघका संघीय प्रतिनिधि शिवहरी ढकाल र ट्रेड युनियन कांग्रेसका प्रदेश प्रतिनिधि एकराज बुढाथोकीको उपस्थिती थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?