फुटबलर्स मिसनको अध्यक्षमा बज्राचार्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फुटबलर्स मिसन टुगेदरको दोस्रो साधारण सभाले अशोकरत्न बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । गत साता भएको साधारण सभाले अध्यक्षसहित सबै पदमा निर्विरोध चयन गरेको थियो ।

भिक्टोर शमशेर जबरा, विज्ञानराज शर्मा, निरञ्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ उपाध्यक्ष चयन हुनुभएको छ । महासचिवमा धिरेन्द्र प्रधान, सचिवमा बालगोपाल महर्जन, हरि खड्का, कमला हिराचन, विराजजंग शाही कोषाध्यक्ष र अनिल गुरुङ सह-कोषाध्यक्ष चुनिनुभएको छ ।

सदस्यमा राजुकाजी शाक्य, राजेश मानन्धर, ज्ञानिराजा श्रेष्ठ, राकेश श्रेष्ठ, विराज महर्जन, अस्मिता मानन्धर, लुना प्रधान, लिला थापा, पवन राना मगर, हरिसुन्दर श्रेष्ठ र विकास मल्ल सदस्य चयन भएका छन् । त्यसअघि साधारण सभामा महासचिवले प्रगति विवरण र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले सातै प्रदेशमा शाखा विस्तार गर्ने र कार्यक्रम सञ्चालन गर्ने योजना पास गरेको छ ।

साथै साधारण सभाले भिक्टोर शमशेर जबराको संयोजकत्वमा कार्यक्रम तथा योजना समिति, विज्ञानराज शर्माको संयोजकत्वमा सामाजिक उत्तरदायित्व समिति, वसन्तकुमार लामाको संयोजकत्वमा आर्थिक समिति, धिरेन्द्र प्रधानको संयोजकत्वमा प्रेस तथा पब्लिकेसन्स समिति गठन गरेको छ ।

फुटबलर्स मिसन टुगेदरले फुटबल खेलाडीका लागि एक लाख रुपैयाँको बीमा, अन्तर्राष्ट्रिय खेलाडीका लागि कार्ड जारी गर्ने निर्णय गरेको छ । संस्थाले अच्युतकृष्ण खरेल, पदमकृष्ण श्रेष्ठ, मथुराप्रसाद श्रेष्ठ र विष्णुगोपाल श्रेष्ठ रहेको सल्लाहकार समिति गठन गरेको छ । कार्यसमितिले मधुसुदन उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?