काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज कुबेत र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमानबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।
जितको लागि २८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाईरहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।
उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुबेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पूर्ण मेहनत खर्चिने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच