महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै देशका बिभिन्न स्थानमा प्रदर्शन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशका बिभिन्न स्थानबाट ऐक्यबद्धता जनाउन सुरु भएको छ ।

शनिबार साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रर्दशन गरेका छन् भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फुर्त रुपमा प्रदर्शन भएको छ ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रबारदेखि धर्नामा बस्नुभएका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरूले देशैभरीबाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्।

‘इलाम, सिमरा, चितवन, नेपालगञ्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफनो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिँदै भन्नुभएको छ, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन् । प्ले कार्डसहित स्वस्फुर्त रुपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरुले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…