रियलको जितमा बेन्जेमाको ह्याट्रिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले अल्मेरियाविरुद्ध ४–२ को सहज जित निकालेको छ ।

करिम बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेपछि अल्मेरियाविरुद्ध रियलले सहज जित निकालेको हो ।

बेन्जेमाले रियाल मड्रिडबाट खेलेका सबैखाले प्रतियोगिताको पछिल्लो आठ खेलमध्ये तीन खेलमा ह्याट्रिक गरेका छन् ।

जिरोना र रायो भालेकानोसँग दुई अप्रत्यासित हार व्यहोरेपछि रियालले घरेलु मैदानमा अल्मेरियाविरुद्ध बेन्जेमाले ह्याट्रिक गर्दा जित भेट्टाएको हो ।

जितसँगै ३२ खेलबाट ६८ अंक जोडेको रियाल मड्रिड तालिकाको दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ११ अंक कम हो ।

समान खेलबाट ७९ अंकसहित बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । लिगमा अब ६ खेलमात्र बाँकी छन् । यता, ३२ खेलबाट ३३ अंक जोडेको अल्मेरस तालिकाको १५औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?