ओलीलाई सुधार्न सकिएन : माधव नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट आग्रह गर्नुभएको छ ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाउनुभयो । उहाँले भन्न्ुभयो, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ । ओलीले व्यक्ति केन्द्रित राजनीति (सत्ता) चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’
ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उहाँले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाउनुभयो । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?