ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

Read Time = 2 mins
सरोज निरौला, उदयपुर । प्रहरीले ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई बुधवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले त्रियुगा नगरपालिका– १० गैरुन कालीखोला नजिक रोकी राखेको भारतीय नम्बर प्लेटको स्कापिओ गाडीमा लुकाईछिपाई ल्याउदै गरेको २९ ग्राम २९० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
गस्ती टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा भारतीय द्यच् ज्ञज्ञ एद्य १३५५ नम्बरको स्कारपिओ गाडीको गियर बक्स भित्र कालो प्लाष्ट्रिकको झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर थाना वडा नम्बर ८ का २७ वर्षिय गाडीका चालक जसबिरकुमार मण्डल र बिरपुर थाना वडा नम्बर १२ का २७ वर्षिय देवकुमार महत्तोलाई अबैध लागु औषध ब्राउन सुगर, जोखने सानो तराजु सहित १ लाख ५४ हजार नेपाली रुपैया बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?