चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्रमा मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ । अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै चालु आवमा गम्भीर घाइते १२ जना, सामान्य घाइते १५ जना भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पशुधन क्षति एक सय २३ वटा, भण्डारण गरिएको अन्नको क्षति छपटक, घरगोठमा क्षति १७ वटा, अन्नबालीमा क्षति दुई सय ४० पटक भएको छ ।
निकुञ्जले चालु आवमा क्षतिको राहतस्वरुप रु एक करोड ५० लाख ७१ हजार एक सय ११ रकम बुझाएको उहाँले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच