जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका निवर्तनमा अध्यक्ष रजबहादुर शाहीको निधन पछि शोकमा डुवेको उक्त गाउँपालिकाले आज एक दिने पालिकामा सार्वजनिक विदा दिएको छ ।
पालिका भित्रका सवै सरकारी कार्यालयलाई विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले जानकारी दिनुभयो । पूर्वध्यक्ष शाहीको शोक तथा सम्झनामा आईतवार एक दिन सवै सरकारी कार्यालय नखुलाउने, १३ दिनमा श्रद्धाञ्जलीसभा गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो ।
अध्यक्ष लक्ष्मण बहादुर शाहीद्धारा हस्ताक्षरीत सार्वजनिक विदा दिने विषयको शोक विज्ञेप्तिमा भनिएको छ । “ हिमा गाउँपालिका निवर्तमान अध्यक्ष श्री रजबहादुर शाही ज्यूको २०८० साल वैशाख १५ गतेका दिन कोहलपुर मेडिकल कलेज वाँकेमा उपचारका क्रममा असमाहिक निधन भएकाले उहाँको सम्मानमा गाउँपालिकाले शोक मनाउन २०८० साल वैशाख १७ गते आईतवार यस पालिकामा रहेका सरकारी तथा सवै सामुदायिक कार्यालयमा विदा दिने निर्णय गरिएको छ । ”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच