सेयर बजार १९.११ अंकले ओरालो

Read Time = 1 min

काठमाडौं   । साताको दोस्रो  कारोबार दिन सोमबार  सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा आएर रोकिएको छ ।

९५ करोड ४३ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचकमा २६ कम्पनीमा उकालो लगेको र १८९ कम्पनीमा ओरालो लगेको छ भने ४ कम्पनीको स्थिर रहेको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम करिब ३ अकले घटेर ३५८.१४ बिन्दुमा आएको छ । आइतबार  ३२ लाख ६ हजार ४५० कित्ता  सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबी सुलभ इन्भेस्टमेन्ट र ८.५% प्रभु बैंक डेबेन्चरको ३ प्रतिशतले मुल्य वृद्धि भएको छ ।

यता,  सिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आइतबार ४ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ । यता नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाखको कारोबार भएको छ । आइतबार  सबै उपसूचकहरु राताम्मै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?