निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छः अध्यक्ष ढकाल

फाइल तस्वीर

Read Time = 4 mins

चितवन । मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताउनुभएको छ ।

सोमवार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै देशको विकास हुने दाबी गर्नुभयो । उहाँले नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको बताउनु भयो । अध्यक्ष ढकालले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताउनु भयो । उहाँले विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन घट्दो छ । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ । हामीले पर्यटकलाई आकर्षित गर्ने,उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ यहाँको संस्कृति ,कला प्राकृति सौन्दर्य र उहाँको अलौकिक भुगोलको ज्ञानका लागि नेपाल पर्यटक आउने गर्छन् । यस्ता पर्यटक पूर्वाधारको विकास गर्नुपर्छ भन्ने सुझाव छ । यो कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ ,त्यति छिटो देशको विकास हुन्छ ।’

उहाँले नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटन बढाउन सक्ने असंख्य सम्भावना बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि,पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले विकास र परिवर्तनको मिराकल ल्याउन सक्षम रहेको भन्दै पटकपटक यसको पुष्टि गर्दै आएको बताउनु भयो । उहाँले सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरेपनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताउनु भयो । उहाँले मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षाैं लागेको भन्दै निर्माणको काम १३ महिना नै सकेर संरचना तयार पारिएको बताउनु भयो ।

उहाँले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने बताउनु भयो । उहाले निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?