‘ए साथी सुन’को ‘मनले भन्छ’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । आगामी जेठ ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचिलत्र ‘ए साथी सुन’को ‘मनले भन्छ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरू समावेश गरिएको छ । सार्वजनिक गीता हर्क साउँदको शब्द रचना र उज्ज्वल सागरको संगीत एवं स्वर रहेको छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जनाराको यो चलचित्रमा वर्षा र रमेशसँगै आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको कलकारको अभिनय छ । यस्तै बालकलाकारमा कृष्मा खड्का र इभान सञ्जेल हुनुहुन्छ । यो स्व. जयनन्द लामा अभिनित अन्तिम चलचित्र हो ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गर्नुभएको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सहनिर्मातामा सुदीप पौडेल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?