भारतबाट घटेर आयो इन्धनको मूल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ ।

उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ ।

हरेक १५र१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो ।  भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?