रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले सेवालाई विशिष्टिकृत गर्ने क्रममा आइतबारदेखि थप नयाँ प्रविधिबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालमा डुओडेनोस्कोपी सेवा सञ्चालनमा आएको हो ।
यो प्रविधिको माध्यमबाट पित्त नली, सानो आन्द्रा लगायत पेट भित्र रोग तथा संक्रमणलाई दुरविनको माध्यमबाट उपचार गर्न सहज हुने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा सुदर्शन थापाले बताउनु भयो । यो प्रविधि अनुसार आइतबार रुपन्देहीका ५५ र ७४ वर्षीया दुई जना महिलाको स्वास्थ्य परीक्षण गरी सेवा शुभारम्भ गरिएको मेसु डा. थापाले बताउनु भयो।
अस्पालका डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा मोहन भुसालको नेतृत्वमा रहेको टोलीले मेसु डा थापा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा किरण खनाल सहित जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्याल, स्टाफनर्स माया ढकाल लगायतको सहयोगमा डुओडेनोस्कोपी गरेको हो । यो प्रविधिमा बिरामीको मुखबाट पातलो ट्यूब एन्डोस्कोप वा नाकको माध्यमबाट अन्ननली हुँदै पेटको स्तरसम्म घुसाएर क्यामेरामा हेर्ने गरिन्छ ।
पीत्त नली, सानो आन्द्रा लगायतमा हुने संक्रमण पहिचान गर्न यसले सहज हुने ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा भुसालले बताउनु भयो। यो प्रविधि यस क्षेत्रमै पहिलो भएको बताउँदै उहाले प्रादेशिक अस्पतालमा उपचार सेवा थप प्रभावकारी हुने दाबी गर्नु भयो। यो प्रविधिसँगै केही समयमा इआरसीपी सेवा समेत सञ्चालन गर्ने तयारी रहेको मेडिकल सुपेरिटेन्डेन डा थापाले वताउनु भयो। उहाले अस्पतालमा सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘इआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन गरिद गरेर राखिएपनि सञ्चालनमा नआएको सेवा आजबाट सुरु भएको समेत बताउनु भयो।
आधुनिक प्रकारका यी उपकरणसहितको सेवा सञ्चालन गर्न ‘इआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मोहन भुसाल र डा. किरण खनाल रहेको अस्पतालका प्रशासन प्रमुख राजन केसीले बताउनु भयो। यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब रु ६ करोडभन्दा बढी लागतमा खरिद गरिएका वताईको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय नयाँ नयाँ सेवा थप हुदै गएको अस्पतालले जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच