पाँचथरका अधिकांश पालिकामा बन्यो सुविधा सम्पन्न प्रशासकिय भवन

हिमालय टाइम्स
Read Time = 3 mins

-जितेन्द्र भण्डारी

पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरका अधिकांश पालिकाहरुले आफ्नै प्रशासकिय भवन निर्माण गरेका छन् ।

भाडामा तथा गाविस भवनमा वस्दै आएका पालिकाहरुले अहिले आफ्नै भवन निर्माण गरेका हुन् । ८ वटा पालिका रहेको पाँचथरमा अहिले ६ वटा पालिकाले प्रशासकिय भवन निर्माणको काम सकेका छन् भने २ वटा पालिकाले भवन निर्माणको प्रक्रिया अघि वढाउने तयारीमा रहेका छन् ।

फिदिम नगरपालिका तथा मिक्लाजुङ गाउँपालिकाले भवन निर्माणको काम सकेर आफ्नै भवन बाट सेवा प्रवाह गरिरहेका छन् । यद्धपि मिक्लाजुङ गाउँपालिकाको भवनको उद्घाटन भने आगामी मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन पछि गर्ने तयारी रहेको छ ।

यस्तै तुम्बेवा गाउँपालिकाको भवनको फिनिसिङ गर्न बाँकी रहेको र अब चाँडै फिनिसिङको काम सकेर निर्वाचन पछि आफ्नै भवनमा सर्ने तयारी रहेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।

हिलिहाङ,याङवरक,र फालेलुङ गाउँपालिकाको भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको पालिकाहरुले बताएका छन् । यस्तै कुम्मायक गाउँपालिकाले भने भवन निर्माण प्रक्रियाको तयारी अघि वढाएको छ ।

त्यसैगरी फाल्गुनन्द गाउँपालिकामा भने पालिकाका केन्द्रको विवाद लाई लिएर भवन निर्माण प्रक्रिया अघि वढ्न सकेको छैन् । आफ्नै प्रशासकिय भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन पालिकाहरुलाई समस्या परेको थियो ।

तर अब सुविधा सम्पन्न भवनहरु निर्माण पश्चात विना भिडभाड,छिटो छरितो सेवा प्रवाह गर्न सहज भएको तथा कार्यक्रमहरु गर्न सभाहल समस्या हुने गरेको तर अब ती समस्या हल भएको मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तोष शेर्माले बताउनुभयो ।

कतिपय जिल्लाका पालिकाका सवै वडाहरुमा भवन निर्माण भइसकेका छन् । याङवरक गाउँपालिकाका ६ वटै वडाको आफ्नै भवन निर्माण कार्य सकिसकेको छ । यस्तै जिल्लामा ६० वटा वडा रहेको अधिकांश पालिकाका वडाहरुले पनि भवन निर्माण सम्पन्न गरिसकेका छन् भने कतिपय वडाहरुले भवन निर्माणको कामलाई अघि वढाएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?