झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी

Read Time = 3 mins

झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि हुनुहुन्छ । उहाँ कांग्रेसका बागी हुनु हो । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।

कांग्रेसबाट कचनकवल १ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित हुनुभयो । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर २ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित हुनुभएको छ । अन्य सदस्य पदमा भने एमालेले जित निकालेको छ ।

यस्तै, कनकाई ८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित हुनुभएको छ । बाह्रदशी १ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी १ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित हुनुभएको छ । बाह्रदशी २ मा कांग्रेसका भीमबहादुर कार्की विजयी हुनुभयो ।

कमल १ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल १ मा कांग्रेसका केदार कटुवाल विजयी हुनुभयो । अर्जुनधारा १ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित हुनुभयो ।

यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल २ मा एमालेका लेखनाथ खत्री निर्वाचित हुनुभयो । भद्रपुर १ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी १ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी हुनुभएको छ। दमक १ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज १ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?