फ्रान्सको सानदार सुरुवात

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साबिक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि चार-एक गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुवात गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गर्नुभयो । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक-एक गोल गर्नुभयो । यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गर्नुभयो ।

खेलमा सुरुवाती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा दुई-एकको अग्रता दिलाउनुभयो ।

खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई तीन-एकको अग्रता दिलाउनुभयो । खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले चार-एकको सहज जित निकालेको हो ।

यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अंक जोडेको छ । समूह ‘डी’ मा फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?