सेयर बजार दोहोरो अंकले बढ्यो

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घटेको सेयर बजार तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । म्युचुअल फण्डबाहेक सबै समूहगत सूचकको बढोत्तरीसँगै नेप्से १७.३६ अंकले बढेको हो । गत बुधबार पनि नेप्से दोहोरो अंकले बढेको थियो । मंगलबार नेप्से १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.१९ प्रतिशत बढेर ३६३.६५ अंकमा पुगेको छ ।

यस दिन ८८ करोड ५५ लाख ७८ हजार दुई सय ७० रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा कारोबार रकम १५ करोड १३ लाख रुपैयाँ बढी हो । कुल दुई सय ६४ कम्पनीका २७ लाख पाँच सय ७० कित्ता सेयर खरिदबिक्री भएका हुन् ।

कारोबारमा आएका १२ वटै समूहगत सूचक बढेका छन् । होटल सर्वाधिक १.९२ प्रतिशत, उत्पादन तथा प्रशोधनमूलक १.८२, विकास बैंक १.६५, लगानी १.४१, फाइनान्स १.२३ र निर्जीवन बीमा १.१२ प्रतिशतले बढेको छ तर म्युचुअल फण्ड ०.०९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको शिवम् सिमेन्टसको सात करोड ९१ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने कालिञ्चोक दर्शनको तीन करोड एक लाख, नबिल बैंकको दुई करोड ६९ लाख, हिमालयन डिष्टिलरीको दुई करोड ३७ लाख र हिमाल दोलखा हाइड्रोपावरको दुई करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेर प्रतिकित्ता पाँच सय ४० रुपैयाँ पुगेको छ भने खप्तड लघुवित्त ७.८५, सिटिजन म्युचुअल फण्ड-१ को ५.१३, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ४.५१ र माछापुच्छे« बैंकको ४.०९ प्रतिशतले बढेको छ । सनराइज ब्लुचिप फण्डको इकाईमा भने नकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड ४.८८, पिपुल्स पावर ४.६७, सिटिजन्स म्युचुअल फण्ड-२, ३.६१ र धौलागिरि लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?