सुनकुडा माविका प्रधानाध्यापकको नियुक्ति प्रक्रियागत नभएको भन्दै गाउँपालिकाले गरिदियो रद्द

हिमालय टाइम्स
Read Time = 8 mins
  • सुरेश धामी

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा रहेको सुनकुडा नमुना माध्यामिक विद्यालयको प्रद्यानाध्यापकमा माघ २६ गते विद्यालय व्यवस्थापन समितिले विगत ४ बर्षदेखी कार्यरत माध्यामिक तह तृतिय श्रेणी शिक्षक योगेन्द्र धामीलाई प्रधानाध्यापक सिफारिश गरेको थियो ।

सोही निर्णय र समितिको सिफारिसलाई आधार मानेर शिक्षा विकास तथा समन्वय ईकाई बझाङले फागुन १६ गते प्राज्ञिक तथा प्रशासनिक लगायतका कामकाज गर्न पाउने गरी धामीलाई प्रधानाध्यापकमा नियुक्त ग¥यो । तर, व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाईको निणर्यलाई लत्याएर बित्थडचिर गाउँपालिकाले भने विद्यालय व्यवस्थापन समितिले चयन गरेर शिक्षा विकास तथा समन्वय ईकाई बझाङले प्रधानाध्यापकमा नियुक्त गरेका धामीलाई अख्तियारी नदिएर प्रधानाध्यापक नियुिक्त रद्द गरेको छ ।

गाउँपालिकाले विद्यालयको प्रधानाध्यापक नियुक्ति प्रक्रिया शिक्षा ऐन तथा निमावली बमोजिम नदेखिएको भन्दै गाउँकार्यपालिकाबाटै निर्णय गरेर नियुक्ति रद्द गरेको हो ।

प्रधानाध्यापक नियुक्ति प्रक्रिया प्रचलित कानुन बमोजिम गर्न र  विद्यालयको विद्यालय व्यवस्थापन समितीको म्याद सकिएकाले नयाँ विद्यालय व्यवस्थापन समिती गठनका लागि प्रक्रिया अघि बढाउन अस्थाई समिती गठन गर्ने समेत निर्णय गरेको छ ।

प्रधानाध्यापक विवादकै कारण विद्यालयको खाता सञ्चालन नहुँदा विद्यालयको कामकाज र शिक्षकको तलब रोकिएको छ । विद्यालयको खाता सञ्चालन नभएपछि शिक्षकहरुले चार महिनादेखी तलब पाउन सकेका छैनन् भने अन्य कामकाजहरु समेत ठप्प भएका छन् ।

विद्यालय व्यवस्थापन समितिले चयन गरेका प्रधानाध्यापक योगेन्द्र धामीलाई गाउँपालिकाले अख्तियारी नदिएपछि विद्यालयको खाता सञ्चालन हुन नसकेको हो । प्रधानाध्यापक नियुक्ति प्रक्रिया नमिलेको भन्दै खाता सञ्चालनको लागि अनुमति रोकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका प्रवक्ता हरिचन्द्र जोशीले उक्त विद्यालयमा प्रधानाध्यापक नियुक्ति पक्रिया नपुगेकोले खाता सञ्चालनको अनुमति रोकेर प्रधानाध्यापक नियुक्ति रद्द गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुयो–‘प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिले आवेदन खोल्नु पर्छ, शिक्षकहरुबाट आएको आवेदनका आधारमा योग्यता पुगेको व्यक्ति प्रधानाध्यापक नियुक्त हुनुपर्ने हो, तर त्यहाँ त्यसो गरिएन र समितिले ठाडो सिफारिस गरेर प्रधानाध्यापक नियुक्ति गरियो, त्यसैले पालिकाले अनुमति रोकेको हो ।’ प्रवक्ता जोशीले आफु व्यवस्थापन समितिको पदेन सदस्य समेत भएको र आफुलाई समेत प्रधानाध्यापक नियुक्ति प्रक्रिया जानकारी नगराएको बताउनु भयो ।

यता विद्यालयका प्रधानाध्यापक धामीले आफुलाई विद्यालय व्यवस्थापन समितिले प्रक्रियागत रुपमानै प्रधानाध्यापक नियुक्त गरिएको दाबि गर्नुभयो । उहाँले भन्नुभयो–‘समितिले प्रक्रियागत रुपमा सिफारिश गरेर शिक्षा विकास तथा समन्वय ईकाईले प्रधानाध्यापक नियुक्त गरेको हो, सोही आधारमा अहिले सबै कामकाजहरु गरिरहेको छु ।’ उहाँले थप्नुभयो ‘जिल्ला प्रशासन र शिक्षा ईकाईको अनुमतिमा आठ कक्षाको परिक्षा र १० कक्षाको परिक्षा केन्द्राध्यक्षको रुपमा सञ्चालन गरिरहेको छु तर गाउँपालिकाले भने राजनीतिक पुर्वाग्रह राखेर आफुलाई अनुमति दिन आनाकानि गरिरहेको छ ।’ उहाँले विद्यालयमा आफुभन्दा सिनियर शिक्षक मदन बम रहेको र उहाँले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आफुलाई आग्रह गरेपछि समितिले आफुलाई सिफारिश गरेको बताउनु भयो ।
प्रधानाध्यापक धामीले गाउँपालिका जनप्रतिनिधीहरुले आफु अनकुलको शिक्षकलाई प्रधानाध्यापक बनाउने उद्देश्यले अनुमति दिन आनाकानि गरिरहेको बताउनु भयो । विद्यालयको खाता सञ्चालन अनुमति नदिएपछि शिक्षकहरुले विगत चार महिनादेखी तलब नपाएको र अन्य कामकाजहरु समेत रोकीएको उहाँले बताउनु भयो ।‘विद्यालयमा थुप्रै कामहरु भईरहेका छन् भवन निमार्ण, परीक्षा सञ्चालन, विद्यार्थि भर्नादेखी थुप्रै कामहरु प्रभावित बनेका छन्’ उहाँले भन्नुभयो ।

यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश अधिकारीले प्रधानाध्यापक नियुक्ति प्रक्रियामा कुनै विवाद नरहेकोले विद्यालयको खाता सञ्चालनको लागि पालिकाले अनुमति दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले सबै पक्रियाहरु पुर्याएर नियुक्त सिफारिश गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘समितिले निणर्य गर्ने क्रममामा कसले दाबि विरोध नगरेकाले सर्वसम्मत्त प्रधानाध्यापक सिफरिश गरिएको हो, कसले दाबि विरोध गरेको भए आवेदन माग गर्ने तथा परीक्षा लिने हुन्छ तर एकल उम्मेद्धारी भएपछि सर्वसम्मत सिफारिश गरिएको हो ।’ उहाँले पक्रिया पुगेकै कारण शिक्षा विकास तथा समन्वय ईकाईले नियुक्ति पत्र प्रदान गरेको समेत प्रष्ट पार्नुभयो ।

अधिकारीले गाउँपालिकाले त्यसरी रोक्न नपाइने समेत बताउनु भयो । गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र बहादुर धामी सँग भने यस बिषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?